नियम २६
हवाई डा“कद्वारा परिवहन हुने वस्तुहरू
महानिर्देशकले समय समयमा नेपाल राजपत्रमा सूचा प्रकाशित गरी मनाही गरेको हुलाक अड्डाबाट बाहेक अन्य कुनै हुलाक अड्डाबाट हुलाक वस्तुहरू हवाई मार्गद्वारा रजिष्टरी भएको वा नभएको चिठ्ठी वा हुलाकपत्र वा हवाईपत्र थप हवाई महसुल नतिरी पठाउन सकिनेछ । तर सो भन्दा बाहेक अन्य वस्तु पठाउन परेमा प्रचलित हवाई महसुल दर तिरेर मात्र पठाउन सकिनेछ ।